विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ: भण्डारी – Naya Bikalpa
January 10, 2026, Saturday      Epaper

विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ: भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरू हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन्।

उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन्।दोस्रो विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ।

यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको आचार्यले बताए।यो विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रूपमा रहने छन्। कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये यो ५४ प्रतिशतभन्दा बढी हो।

सम्बन्धित समाचार

सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
  • २०८२ पुष २५, १८: ०८

काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११...

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
  • २०८२ पुष २५, १८: ०८

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ ।...

पूर्वमन्त्री होमनाथ दाहालको निधन
पूर्वमन्त्री होमनाथ दाहालको निधन
  • २०८२ पुष २५, १८: ०८

काठमाडौं : पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ...