विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ: भण्डारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ: भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरू हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन्।

उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन्।दोस्रो विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ।

यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको आचार्यले बताए।यो विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रूपमा रहने छन्। कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये यो ५४ प्रतिशतभन्दा बढी हो।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ पुष २५, १८: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ पुष २५, १८: ०८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ पुष २५, १८: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...