सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११ लाख ५८ हजार ४५९ पर्यटक भित्रिएका हुन् । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९७ प्रतिशतको रिकभरी हो ।

कुल पर्यटक आगमनमध्ये, ९८ हजार १९० पर्यटक अन्तिम डिसेम्बर महिनामा भित्रिएका छन् ।समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट २ लाख ९२ हजार ४३८ जना भित्रिएका छन् ।अर्को छिमेकी मुलुक चीनबाट ९५ हजार ४८० जना भित्रिएको बोर्डले जनाएको छ ।

यसैगरी बेलायतबाट ५८ हजार ६८४ जना, बंगलादेशबाट ५७ हजार ५४५ जना पर्यटक भित्रिएका छन् । महादेशतर्फ भने सबैभन्दा बढी दक्षिण एसियाबाट ४ लाख ८ हजार १०३ जना भित्रिएका छन् । सबैभन्दा कम अफ्रिका महादेशबाट ४ हजार ३२० जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २६, ०८: २९

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २६, ०८: २९

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष २६, ०८: २९

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...