
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।
प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ भने स्टलहरूमा लाइन लागेर दर्ता गराउनेको भिड देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यो विशेष महाधिवेशनमा करिव ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकहरूको दाबी छ ।
पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन गरेर यो महाधिवेशन आह्वान गरिएको हो । दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनको उद्घाटन सत्र दिउँसो १ बजे हुनेछ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा भेला भइरहेका छन् ।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...