कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिले गर्न थाले नाम दर्ता – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिले गर्न थाले नाम दर्ता


काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए।

महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेट सम्मुखमै स्टल राखिएको छ।

त्यहाँ प्रदेशअनुसार छुट्टाछुट्टै नाम दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको छ।

विशेष महाधिवेशन दिउँसो १ बजेदेखि सुरू हुनेछ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८२ पुष २७, ०९: २८

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८२ पुष २७, ०९: २८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८२ पुष २७, ०९: २८

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...