जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग – Naya Bikalpa
March 10, 2026, Tuesday      Epaper

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं : जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।”

सम्बन्धित समाचार

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ फाल्गुन २६, १५: ३०

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
  • २०८२ फाल्गुन २६, १५: ३०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
  • २०८२ फाल्गुन २६, १५: ३०

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...