
इलाम : इलाम-१ बाट नेपाली कांग्रेसका निस्कल राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राई १४ हजार ५ सय ४३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याए ।
एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० र नेपाली कम्युनिष्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाए ।
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...