लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै – Naya Bikalpa
March 10, 2026, Tuesday      Epaper

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु जिल्लाको सुन्दर नगरी रारा क्षेत्रमा हुँदैछ।

तेस्रो क्याबिनेट मिटिङका लागि ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारीको नेतृत्वमा लायन लिडरहरू तथा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरू आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। यो तेस्रो क्याबिनेट बैठक सम्पन्न गर्दै मुख्य उद्देश्य भनेको संसारभर रारा क्षेत्रको चिनारी गराउनु रहेको आयोजक संस्थाले जनाएको छ।

दोस्रो विश्वयुद्ध पश्चात् युद्धमा अङ्गभङ्ग भएका मानिसहरूको उद्धारका लागि मानवीय सेवा गर्ने उद्देश्यले अमेरिकी नागरिक मेलभिन जोन्सले खडा गरेको सामाजिक संस्थामा हाल २१० राष्ट्रमा विस्तार हुँदै गर्दा साढे १४ लाख सदस्य पुगेको बताइन्छ। नेपालमा मात्र ४६ हजार सदस्य रहेका हुँदा २२ सय लायन्स क्लबहरू तथा लियो क्लबहरू स्थापना भएका छन्।

नेपालमा १५ वटा डिस्ट्रिक्ट र एक मल्टिपल ३२५ रहेकोले विभिन्न मानवीय सेवाका कार्यहरू गर्दै आएका छन्। लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफमा रहेका विभिन्न क्लबहरूले लायन्स क्लब अफ इन्टरनेसनलले दिएका विभिन्न टार्गेटलाई समयमै पूरा गर्दै आएकोले डिस्ट्रिक्ट ३२५ एफ निकै नै सफल रहेको बताइन्छ।

डिस्ट्रिक्ट ३२५ एफका हालसम्मकै सफल गभर्नर लायन केशरबहादुर भण्डारीले लायन वर्ष २०२५/०२६ का लागि अगाडि सार्नु भएका मानवीय सेवाका अति उपयोगी कार्यहरू आठ महिना नबित्दै अधिकांश पूरा भइसकेका छन्।

लायन्स इन्टरनेसनलमा नेपालको पर्यटकीय क्षेत्रको चिनारी गराउने र विश्वभर राराताल लगायत विभिन्न पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउने उद्देश्य राखेर रारातालमा बैठक राखिएको डिस्ट्रिक्ट गभर्नर भण्डारी बताउँछन्।

तेस्रो क्याबिनेट मिटिङका लागि डिस्ट्रिक्टका पदाधिकारी, पूर्व गभर्नर डा. राजेन्द्र गिरी, फस्ट लेडी डा. भद्रा पराजुली भण्डारी, डिस्ट्रिक्ट सेक्रेटरी इन्द्र कार्की, पूर्व डिस्ट्रिक्ट सेक्रेटरी पनिता शर्मा बराल, पूर्व ट्रेजरर भुवन नेपाल, डिस्ट्रिक्ट म्यागजिन चिफ दामोदरप्रसाद दवाडी, रारा क्षेत्र तथा विभिन्न पर्यटकीय क्षेत्र टुर मार्केटिङ चिफ अर्जुन कार्की लगायत लायन महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहने भएकाले पर्यटकीय भ्रमण तथा तेस्रो क्याबिनेट बैठक भव्य रूपमा सफल हुने विश्वास लिएको डिस्ट्रिक्ट सेक्रेटरी इन्द्र कार्की बताउँछन्।

1. Official Call for 3rd Regular Cabinet meeting V1

सम्बन्धित समाचार

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ फाल्गुन २६, १५: ५५

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
  • २०८२ फाल्गुन २६, १५: ५५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
  • २०८२ फाल्गुन २६, १५: ५५

काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीले...