समानुपातिकतर्फ हालसम्म कसको कति मत ? – Naya Bikalpa
March 10, 2026, Tuesday      Epaper

समानुपातिकतर्फ हालसम्म कसको कति मत ?


काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ९० हजार ५४६ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ७ : २७ बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३, नेकपा (एमाले)ले १३ लाख ८९ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३२ र जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् ।

प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

सम्बन्धित समाचार

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ फाल्गुन २६, ०७: ५३

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास
  • २०८२ फाल्गुन २६, ०७: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा सम्पन्न हुँदै
  • २०८२ फाल्गुन २६, ०७: ५३

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...