
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईको प्रत्युत्तर दिँदै नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना पोस्टमा कमेन्ट गर्दै बालेनले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।
मोदीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका थिए । साथै उनले बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसको प्रत्युत्तरमा बालेनले लेखेका छन्, ‘शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’
उनले भारतले लगातार दुई पटक टी-२० विश्वकप उपाधि जितेकोमा भारत सरकार तथा भारतीय जनतालाई बधाई पनि दिएका छन् ।
मोदीले यसअघि टेलिफोन संवादमार्फत पनि लामिछाने र शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...
काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीले...