इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेको बताएका छन् ।

यद्यपि, उनले आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएका छन् ।

वासिंगटन पोष्टका अनुसार इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो । जानकारी अनुसार इरानको तर्फबाट जवाफी कारबाहीका रूपमा रकेट र ड्रोनबाट आक्रमणहरू गरिएका थिए । यी आक्रमणहरूमा कुवेत र साउदी अरबमा तैनाथ सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ ।

सम्बन्धित समाचार

होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता
होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता
  • २०८२ फाल्गुन २७, ०८: ५५

काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी...

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी
  • २०८२ फाल्गुन २७, ०८: ५५

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली
इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली
  • २०८२ फाल्गुन २७, ०८: ५५

काठमाडौँ : इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी...