
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय सोमबारदेखि तत्काल लागु हुने उनले बताएका छन् ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच यो कदमले तेहरानमाथि दबाब बढाउने अपेक्षा गरिएको छ । ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमध्ये चीन, इराक, यूएई, टर्की र भारत प्रमुख साझेदार रहेको उल्लेख गरिएको छ ।
यसैबीच, इरानमा मुद्रा अवमूल्यन र बढ्दो महँगीका कारण सुरु भएको प्रदर्शनमा सयौँको मृत्यु भएको दाबी गरिएको छ भने हजारौँ पक्राउ परेका छन् ।
काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट...
काठमाडौं : आज मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७...