निर्वाचन आयोगले सोध्यो हर्क साम्पाङ सहित ३ जनालाई स्पष्टीकरण – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

निर्वाचन आयोगले सोध्यो हर्क साम्पाङ सहित ३ जनालाई स्पष्टीकरण

काठमाडौं।निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ संस्थालाई स्पष्टीकरण सोधेको छ।आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई तीन दिन भित्र जबाफ दिन भनिएको छ।त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोध्ने भएको छ।

निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोध्न लागिएको हो।त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ माघ १२, १६: २३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ माघ १२, १६: २३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ माघ १२, १६: २३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...