
काठमाडौं।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताए ।उनका अनुसार, बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...