
काठमाडौं। आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।
नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् । नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो ।
इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । आजको खेलमा नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।
काठमाडौं। कोलम्बोमा भएको टी-२० विश्वकप २०२६ को खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको छ।यो जितसँगै टी-२० विश्वकपमा अस्ट्रेलिया...
काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको...
काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह...