
नयाँ विकल्प ,
काठमाडौ– सरकारको प्रवक्तामा पर्यटन संस्कृति एवं नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई तोक्ने तयारी गरेकाे छ ।
बालुवाटार स्राेतका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषदले बैठकबाट भट्टराईलाई नेपाल सरकारकाे प्रवक्ताकाे जिम्मेवारी दिने निर्णय गर्ने छ ।
प्रधानमन्त्री ओलीले केही दिनपछि सूचना तथा संचार प्रविधि मन्त्रालयको जिम्मा समेत भट्टराईलाई दिने तयारी गरेको उनलाई प्रवक्ता तोक्न लागिएको स्रोतले दावी गर्यो। स्रचना तथा संचारमन्त्रालयको जिम्मेवरी सम्हलेका अर्थमन्त्री युुवराज खतिवडाले भदौ १९ मा राजिनामा दिएपछि प्रवक्ताको जिम्मेवारी कसैलाई पनि तोकिएको छैन।
सरकारको प्रवक्ता तोक्ने, बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने लगायतका बिषयमा निर्णय गर्न बिहीबार डाकिएको मन्त्रिपरिषदको बैठक शुक्रबारका लागि सारिएको छ।
त्यसभन्दा अगाडि नेकपा स्थायी समितिको बैठक बोलाईएको छ। प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकबाट सैद्धान्तिक सहमति लिएर मात्र राजनीतिक नियुुक्ति गर्न लागेकोले मन्त्रिपरिषदको बैठक शुक्रबारका लागि बोलाइएको स्रोतले बतायो।
भदौ २९ गतेदेखि रिक्त हुन लागेको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी गरिएको छ। उर्जामन्त्री बर्षमान पुनले घिसिङको प्रस्ताव शुक्रबारको मन्त्रिपरिषदको बैठकमा पेश गर्न लागेको स्रोतले बतायो। मन्त्री पुनले यस अघिनै घिसिङलाई नै फेरि कार्यकारी निर्देशमा दोहोर्याउने घोषणा गरीसकेका छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...