यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च – Naya Bikalpa
February 14, 2026, Saturday      Epaper

यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को ७औं महिना ९साउन–माघ० सम्म १५।२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघसम्म पूँजीगत खर्च न्यून हुँदा चालु खर्च भने चुलिएको छ । चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत भइसकेको छ ।
सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विकास बजेट खर्चको लक्ष्य राखेको छ । माघसम्म भने ६३ अर्ब ७२ करोड रुपैयाँमात्र खर्च भएको छ । उता, ११ खर्ब ८० अर्ब ९८ करोड बराबर चालु खर्च गर्ने लक्ष्य छ ।
माघसम्म ५ खर्ब ६२ अर्ब ३७ करोड खर्च भएको तथ्यांक छ । वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब ७५ अर्ब २७ करोड भएको छ । जुन लक्ष्यको ४६.७१ प्रतिशत बराबर हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब २४ करोड खर्च गर्ने लक्ष्य छ ।

सम्बन्धित समाचार

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
  • २०८२ फाल्गुन २, ०९: ११

काठमाडौं : काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी...

कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने
  • २०८२ फाल्गुन २, ०९: ११

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ फाल्गुन २, ०९: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...