अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली

झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्।झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले यो निर्वाचन केबल प्रतिनिधि छान्ने कुरा मात्र नभई धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताए।

ओलीले भने, ‘यस पल्टको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो। देश बनाउने, बचाउने कि देश जलाउनेका बीचको चुनाव हो। तर यस पल्टको चुनाव यस ठाउँमा मैले भन्नु पर्दा धिमाल जातिका लागि विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरूका बीचको चुनाव पनि हो यो। भत्काउनेहरूलाई यस पल्ट साथ दिनु हुँदैन, मत दिनु हुँदैन।’

उनले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताए।आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गरे।

अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताए। शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उनले कसैको भ्रममा नपर्न आग्रह गरे।

सम्बन्धित समाचार

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
  • २०८२ फाल्गुन ३, २०: ३६

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...

नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
  • २०८२ फाल्गुन ३, २०: ३६

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...

राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)
राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)
  • २०८२ फाल्गुन ३, २०: ३६

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन...