नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो – Naya Bikalpa
February 16, 2026, Monday      Epaper

नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६ सय ६२ दशमलव ९१ अंकमा झरेको छ ।अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले ओरालो लागेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएको हो।

यि बाहेक बाँणिज्य बैंक समूहको सूचक भने एक दशमलव ७५ अंकले घटेर १३ सय ६२ दशमलव ९६ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि २६ दशमलव ६६ अंकले घटेर पाँच हजार छ सय ७० दशमलव १० अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि ३६ दशमलव ७३ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७० दशमलव ४१ अंकले घटेर १२ हजार छ सय ८८ दशमलव ७२ अंकमा झरेको छ ।उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।

समग्रमा, साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ।

सम्बन्धित समाचार

दुर्गा प्रसाईं फेरि पक्राउ
दुर्गा प्रसाईं फेरि पक्राउ
  • २०८२ फाल्गुन ४, १६: ५७

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।...

रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश
रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश
  • २०८२ फाल्गुन ४, १६: ५७

बुटवल। जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।जसपा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८२ फाल्गुन ४, १६: ५७

काठमाडौं : आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले...