महाशिवरात्रिका लागि पशुपतिमा आएका साधुसन्तलाई आज बिदा गरिँदै – Naya Bikalpa
February 17, 2026, Tuesday      Epaper

महाशिवरात्रिका लागि पशुपतिमा आएका साधुसन्तलाई आज बिदा गरिँदै

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आज दान दक्षिणासहित बिदा गरिँदैछ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन आज बिदाइ गर्ने परम्परा छ ।

१८३१ सालमा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा शुरु भएको संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो । बिदाइका लागि संस्थानले झन्डै ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि साधुसन्तलाई आएकै दिन बाँडिएको थियो । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए ।

नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न ठाउँमा गरी झन्डै चार हजार साधुसन्त रहेका छन् ।

सम्बन्धित समाचार

विश्वकपमा १२ वर्षपछि नेपालको जित
विश्वकपमा १२ वर्षपछि नेपालको जित
  • २०८२ फाल्गुन ५, १२: २२

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...

पैदलयात्रु कुट्ने कार चालक पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
  • २०८२ फाल्गुन ५, १२: २२

काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन् । आज बिहानैदेखि...

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
  • २०८२ फाल्गुन ५, १२: २२

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको...