
काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ।बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको बताइएको छ।
जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वर्तमान वित्तीय संरचना खलबलिएको बताउँदै मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएका विकृति...
काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा...
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार पार्टीले धनुषामा आयोजित...