आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

काठमाडौँ- नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदै छ।
२००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

लामो संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन्।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता लगायतले शुभकामना दिएका छन् ।

 

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८२ फाल्गुन ७, ०७: १९

काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, ०७: १९

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, ०७: १९

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...