रास्वपाका बागमती प्रदेशका उपसभापति हुमागाईंले पार्टी छोडे – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

रास्वपाका बागमती प्रदेशका उपसभापति हुमागाईंले पार्टी छोडे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले रास्वपा परित्याग गरेका छन् । गत आम निर्वाचनमा काभ्रेको क्षेत्र नं.२ बाट रास्वपाका उम्मेदवार समेत दशहजार मत ल्याएका हुमागाईंले एक प्रेस विज्ञप्ति मार्फत दल त्याग गरेका हुन् ।
महामन्त्रीलाई सम्बोधन गर्दै लेखिएको उक्त विज्ञप्तिमा उम्मेदवार छनोटमा चरम चलखेल भएको जसमा प्रकृया,विधान र आन्तरिक लोकतंन्त्र विरुद्ध भएको बताएका छन् ।

यसैगरी केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता रहेको पनि बताएका छन् ।हुमागाईंले विज्ञप्तिमा प्रदेश तथा तल्लो तहको आबाजको व्यवस्ता गरिएको भनेका छन् । यसका साथै उनले पार्टीको नेतृत्वमाथि नैतिक प्रश्न समेत उठाएका छन् । पार्टीको संरचनागत विकृति र नीजि स्वार्थमाथि समेत उनले बोलेका छन् ।

उनले भनेका छन् -‘ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रारम्भदेखि सिमित व्यक्तिहरुले प्राइभेट कम्पनी जस्तो व्यवहार गर्दै गठन गरेका हुन् ।पार्टीलाई राजनीतिक संगठनको सट्टा नीजि कम्पनीको जस्तो चलाइएको छ र तल्लो तहका नेता कार्यकर्ताहरुलाई दासको रुपमा व्यवहार गरिएको छ । ‘ उनले विज्ञप्तिमा भनेका छन् -‘म बागमती प्रदेशको उपसभापति पद तथा पार्टीको साधारण सदस्य दुबैबाट आजैको मितिबाट अलग भएको घोषणा गर्दछु ।’

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, १४: ३६

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, १४: ३६

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ७, १४: ३६

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...