सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन

सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सर्लाही क्षेत्र नं.३ बाट दिएको उम्मेद्वारी उनले फिर्ता लिएको घोषणा गरेका हुन् ।

दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विनोदकुमार खनाललाई समर्थन गर्ने बताएका हुन् ।

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिन्हमा उम्मेद्वारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेद्वार खनालको पक्षमा उभिने स्पष्ट पारे।

“मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेद्वार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,” दाहालले बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस उम्मेद्वार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कांग्रेसका जिल्ला सचिव निरोज कार्की, हरिवन नगर सभापति रामशरण उप्रेतीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

दाहालको उम्मेद्वारी फिर्ता र कांग्रेसलाई समर्थनले सर्लाही क्षेत्र नं.३ मा कांग्रेस थप बलियो भएको छ ।

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८२ फाल्गुन १२, २०: २०

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८२ फाल्गुन १२, २०: २०

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

संविधान संशोधनका लागि गठित कार्यदलले कानुनविद्सँग गर्‍यो छलफल
संविधान संशोधनका लागि गठित कार्यदलले कानुनविद्सँग गर्‍यो छलफल
  • २०८२ फाल्गुन १२, २०: २०

काठमाडौं : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल–२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ। प्रधानमन्त्रीका राजनीतिक...