कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप – Naya Bikalpa
February 24, 2026, Tuesday      Epaper

कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले बहस बिना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले देश विकासका १० भिजन सहितका एजेण्डाबारे बहस गर्न कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुरू गरिएको चुपचाप मतदानको विषयतर्फ संकेत गर्दै महामन्त्री पौडेलले भनेका छन्, ‘लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।’

उनले कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट रहेको र देश निर्माणका १० भिजनबारे बहस गर्न खुला रहेको भन्दै यसमा आफूहरूले गर्वसमेत गर्ने बताए ।

सम्बन्धित समाचार

रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश
रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश
  • २०८२ फाल्गुन १२, २०: २८

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई...

सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन
सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन
  • २०८२ फाल्गुन १२, २०: २८

सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सर्लाही क्षेत्र...

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
  • २०८२ फाल्गुन १२, २०: २८

काठमाडौं : सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको...