कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको – अल द बेष्ट – Naya Bikalpa
February 25, 2026, Wednesday      Epaper

कांग्रेस महामन्त्री पौडेललाई नीर शाहको – अल द बेष्ट

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले सांसद पौडेललाई जितको शुभकामना दिएका हुन् ।

भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै ‘अल द बेस्ट’ भनेका थिए ।

महामन्त्री पौडेल काठमाडौँ ५ का विभिन्न क्षेत्रमा मतदाता माझ घरदैलोमा सक्रिय छन् । यस क्रममा बुधबार उनले बुढानीलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए ।

यसैगरी बुढानीलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँ लगायतका ठाउँमा घरदैलो गरेका थिए । त्यस क्रममा उनले विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदान तथा स्वास्थ्यमन्त्रीका रुपमा अघि बढाएका सुधारका काम सकारात्मक भएको भन्दै मतदाताले जितका लागि शुभकामना दिए ।

उम्मेदवार पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोर लगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताए ।

उनले आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमान्दारिताका साथ लागि पर्ने प्रतिबद्धता उनले जनाए ।

सम्बन्धित समाचार

गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म
गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म
  • २०८२ फाल्गुन १३, १६: ०४

गोरखा : नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखा–२ को विकासका लागि आफ्नो प्रतिवद्धता...

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
  • २०८२ फाल्गुन १३, १६: ०४

काठमाडौं : नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी...

नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
  • २०८२ फाल्गुन १३, १६: ०४

जनकपुर : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३...