राष्ट्रियसभा सदस्य हुन खोज्ने गौतमलाई ओलीको प्रश्नः २ बर्षपछिकाे चुनावमा चाँहि के गर्ने विचार छ ? – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राष्ट्रियसभा सदस्य हुन खोज्ने गौतमलाई ओलीको प्रश्नः २ बर्षपछिकाे चुनावमा चाँहि के गर्ने विचार छ ?

नयाँ विकल्प ,

काठमाडाैं- २०७४ काे चुनाव जितेर आएका नेकपाका संसादहरु कसैले संसदमा बाढी पहिरो, कसैले भूकम्पपछिको पुनः निर्माणका कुरा उठाई रहे। अर्थात साढे २ बर्षबीचमा उनीहरुले अनेको आवाज उठाए ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमको भने प्रतिनिधिसभाको चुनाव लडेर प्रधानमन्त्री बन्ने सपनामा यो अवधी त्यसै वित्यो। त्यो केवल सपनानै रह्यो । अन्तिममा संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यमा मनोनित गर्नेसम्मका कुरामा उनले चित्त बुझाए ।

त्यो पनि सम्भव नभएपछि राष्ट्रियसभा सदस्य बन्ने र मन्त्री हुने उनको सपना स्खलित भयो । गत फागुन १४ मा बसेको नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गर्यो। तर प्रधानमन्त्री ओलीले ६ महिनासम्म पनि त्यो निर्णय कार्यन्वयन गरेनन् ।

यस बिषयमा गौतमले शुक्रबारको स्थायी कमिटी बैठकमा कुरा उठाउने संभावना छ। निर्णयकाे लामाे समय बितेपछि गौतमलाई ओलीले आफुखुशी गर्न सल्लाह दिएको स्रोतले बतायो।

स्रोतका अनुसार ओलीले गौतमलाई ‘तपाई दुई बर्षपछिकाे चुनावमा उम्मेदवार हुने हाे भने राष्ट्रियसभा सदस्यबाट फेरि राजिानामा दिनुपर्ने हुन्छ, त्यसले तपाईलाई कति असर पार्ला ?’ भनी प्रश्न गरेका थिए ।

‘ राष्ट्रियसभामा जाने नजाने तपाईको ईच्छा हो, जाने भए म त सिफारिस गरिदिन्छुु तर आफ्नो राजनीतिको ख्याल गर्नुस’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो।

गौतमले ईच्छा गरेमा शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने एक नेताले बताए। यस अघिका गौतमका लालसा निर्वाचनमा पराजय भए लगतै गौतमले प्रधानमन्त्री हुन योग्याता पुग्ने गरीका बिभिन्न क्षेत्रमा आँखा लगाएका थिए।

उनले माओवादी केन्द्रका तर्फबाट निर्वाचित सांसद सन्तकुमार चौधरीलाई राजीनामा दिन लगाएर त्यहाँबाट उमेदवार बन्ने मनशाय प्रकट गरेका थिए । त्यसका लागि उनले प्रचण्डको सहायता पनि लिए । पार्टी एकता भएको थिएन । माओवादी केन्द्रभित्र चर्को आलोचना भयो ।

बर्दिया–१ मा थारू समुदायकै मतले चुनाव हार्ने, थारू बहुल क्षेत्रमै गएर चुनाव उठ्दा परिणाम सकारात्मक नहुने र प्रतिनिधिसभामा थारूको उपस्थिति पनि घट्ने ‘रिडिङ’ भएपछि बर्दिया–२ बाट पनि वामदेवले आँखा हटाउनुपर्यो ।

बर्दिया–२ ले वामदेवको प्रस्ताव ठाडै अस्वीकार गरेपछि वामदेव माओवादी केन्द्रको अर्को प्रभाव क्षेत्रको खोजीमा लागे र आँखा पुग्यो– पूर्वी रूकुम । पुष्पकमल दाहाल प्रचण्डले कमला रोक्कालाई बोलाएर भने पनि । तर, रोक्का आफू पाँच वर्षको लागि निर्वाचित भएको बताइन ।

वामदेवका लागि आफूले राजीनामा नदिने स्पष्ट अडान लिएपछि त्यो बाटो पनि बन्द भयो ।माआवादी केन्द्र र अध्यक्ष प्रचण्डबाट केही पार नलाग्ने देखेपछि वामदेवले एमालेबाटै निर्वाचित प्रतिनिधिसभाका उमेदवारको खोजी गरे र ठम्म्याए– तिलक महत ।

नवलपरासी (पूर्व) –२ का सांसद महतले वामदेवका लागि सांसद पद त्याग्न नसक्ने स्पष्ट शब्दमा भने । बडा दुःखले चुनाव जितेका हुन् उनले । अतः वामदेवको प्रस्तावमा सहमत हुन सकेनन् उनी ।राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया चल्दै थियो । उमेदवार छनोटमा दलहरू व्यस्त थिए ।

दैलेख–१ का सांसद रवीन्द्रराज शर्मालगायत दुई चारजना नेताहरू वामदेवको घरमा पुगेर भने, “हामीले त चुनाव जित्यौँ, तपाईंले हार्नुभो, संघीय संसद तपाईंबिना अपूरो भयो ।”र, त्यही कुरालाई साउनको सचिवालय बैठकमा समेत भने, “रवीन्द्र त मेरो घरमै आउनुभो, मलाई जसरी पनि सांसद बन्नुपर्छ भन्नुभो ।”

६ क्षेत्रमा आँखा लगाउँदा पनि कसैले पनि राजीनामा दिने नबताए पछि वामदेको सांसद बन्ने इच्छा मरेको थिएन । गाैतमले वाँके ३ का नन्दलाल राेकाय क्षेत्री र काठमाडाैं क्षेत्र नं ७ का रामबीर मानन्धरलाइ राजिनामा गराएर त्यही क्षेत्रबाट उठ्ने चाहनालाइ ओलीले नरूचाएपछि उनकाे चाहना सपनामै सीमित भएकाे थियाे ।

नेकपा भित्रै अहिले बामदेवकाे याे अभियानको आलोचना भएको छ। ज्नताले पाँच बर्षका लागि उनलाई हराई दिएका हुन्। फेरि ताजा जनमत लिएर आउनुको साटो चोरबाटोबाट संसाद बन्ने उनको सपना अझै सकिएको छैन। त्यसैले शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकलाई चासोका साथ हेरिएकाे छ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र २६, १३: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र २६, १३: ०१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र २६, १३: ०१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...