४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् । यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन् ।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।यस क्षेत्रमा त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन् ।त्यस्तै बालेन यस निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् ।

सम्बन्धित समाचार

झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
  • २०८२ फाल्गुन २३, १८: ३५

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र...

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
  • २०८२ फाल्गुन २३, १८: ३५

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्। शनिबार उनले सामाजिक सञ्जालमा लेख्दै...

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०८२ फाल्गुन २३, १८: ३५

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...