पेट्रोलियम पदार्थको मूल्य बढेसंगै यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पेट्रोलियम पदार्थको मूल्य बढेसंगै यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।

सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ यता भाडा समायोजन नभएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ चैत्र ३, ०८: ३०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ चैत्र ३, ०८: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०८२ चैत्र ३, ०८: ३०

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...