
मुगु । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफले यही फागुन २९ तदनुसार मार्च १३ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु जिल्लाको सुन्दर नगरी रारा तालमा सम्पन्न भएकाे छ ।

डिस्ट्रिक्ट ३२५ एफले आफ्ना क्लबका प्रेसिडेन्ट तथा लायन्स लिडरहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त बैठक सम्भवतः नेपालको रारामा पहिलो रहेको हुनुपर्छ । डिस्ट्रिक्ट ३२५ एफले सडकमार्ग हुँदै काठमाडौंदेखि मुगुको रारासम्म विभिन्न धार्मिक तथा पर्यटकीय स्थल भ्रमण गर्दै ५४ जनाको लायन लिडरहरुको जम्बो टोली काठमाडौं फर्किएको छ ।
काठमाडौं, धादिङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, रोल्पा, प्युठानका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुको भ्रमण गरी डिष्ट्रिक्ट ३२५ एफ चैत ३ गते मंगलबार काठमाडौं आइपुगेको छ ।

उक्त यात्राका लागि डिस्ट्रिक्ट ३२५ एफका लायन लिडरहरु फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । डिस्ट्रिक्ट ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारीको अध्यक्षतामा रारा तालमा बसेको तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या शाही मल्ल रहकी थिइन् ।
त्यसैगरी विभिन्न राजनीतिक दलका व्यक्तिहरुसमेतको उल्लेख्य उपस्थिति रहेको तेस्रो क्याविनेट बैठकमा फष्ट लेडी लायन भद्रा पराजुली भण्डारी, पिडीजी तथा लायन्स ब्लड बैंकका अध्यक्ष लायन राजेन्द्र गिरी, डिस्ट्रिक्ट सेक्रेटरी लायन इन्द्र कार्की, पूर्व डिस्ट्रिक्ट सेक्रेटरी लायन पनिता बराल शर्मा, पूर्व टेजरल लायन भुवनप्रसाद नेपाल, रारा मार्केटिङ चिफ लायन अर्जुन कार्की, डिस्ट्रिक्ट म्यागजिन चिफ लायन दामोदर प्रसाद दवाडी, लायन इन्द्रबहादुुर न्यौपाने लगायतले प्राकृतिक सौदर्यताले भरिएको रारा तालमा आएर तेस्रो क्याविनेट बैठक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रमुख अतिथि ऐश्वर्या शाही मल्लले सम्पूर्ण लायन लिडरहरुलाई रारा क्षेत्रमा स्वागत गर्दै मुगुको विकासमा अन्तर्राष्ट्रिय जगतसम्म राराको प्रचार गरिदिनुभएकोको धन्यवाद व्यक्त गरेकी थिइन् ।
त्यसैगरी डिस्ट्रिक्ट गभर्नर लायन केशरबहादुर भण्डारीले रारा क्षेत्रको विकासका लागि २१० राष्ट्रमा फैलिएको करिब १५ लाख लायन लिडरहरुलाई रारा क्षेत्रको विकास र पर्यटक बढाउन डिस्ट्रिक्ट ३२५ एफले १५ वटै डिस्ट्रिक्टहरुमा ७ बुँदे प्रस्ताव लिएर जाने प्रतिवक्तता व्यक्त गरे । ७ बुँदे पस्तावमा कर्णाली क्षेत्रमा समग्र विकास प्राकृतिक तथा धार्मिक क्षेत्रको संरक्षण तथा विश्वभर रारा क्षेत्रको प्रचार बारे १५ वटै डिष्ट्रिक्टमा प्रस्ताव लैजाने समेत बताए ।

त्यसैगरी लायन्स इन्टरनेसनलमा नेपालको पर्यटकीय क्षेत्रको चिनारी गराउने र विश्वभर राराताल लगायत विभिन्न पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउने उद्देश्य राखेर रारातालमा बैठक राखिएको डिस्ट्रिक्ट गभर्नर भण्डारी बताए ।
पिडीजी तथा ब्लक बैंकका अध्यक्ष लायन राजेन्द्र गिरीले यो रारा क्षेत्रमा आएर तेस्रो क्याविनेट बैठक सम्पन्न गर्न पाएकोमा सबै जनालाई धन्यवाद व्यक्त गर्दै रारा क्षेत्रको विकासमा लायन लिडरहरुको आँखा देखाउने कार्य डिस्ट्रिक्ट ३२५ एफले गरेकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी पूर्व सेक्रेटरी लायन पनिता शर्मा बरालले कर्णालीको विकट क्षेत्रमा रहेको रारा तालमा तेस्रो क्याविनेट बैठक सम्पन्न गर्न गभर्नर लायन केशरबहादुर भण्डारीले गर्नुभएको साहस स¥हानीय भएको बताएकी छिन् । प्राकृतिक सौदर्यताले भरिपूर्ण रारा क्षेत्र विकासमा लायन लिडरहरुको पनि सहयोग सद्भाव रहने विश्वास दिलाइन् ।
त्यसैगरी पूर्व टेजरल भुवनप्रसाद नेपालले प्राकृतिक सौन्दर्यताको खानीमा आएर तेस्रो क्याविनेट बैठक सम्पन्न गर्नुभएकोमा गभर्नर लायन केशरबहादुर भण्डारीप्रति आभार व्यक्त गरे ।
रारा मार्केटिङ चिफ अर्जुन कार्कीले सबै लायन लिडर तथा क्लबहरुलाई धन्यवाद ज्ञापन गर्दै मुगुको रारा क्षेत्र भ्रमण तथा धार्मिक, सांस्कृतिक धरोहरको भ्रमण अहिलेसम्म कुनै पनि डिस्ट्रिक्टले नगरेकोले यो ऐतिहासिक रहेको बताए ।
त्यसैगरी, डिस्ट्रिक्ट म्यागजिन चिफ लायन दामोदर प्रसाद दवाडीले समग्र कर्णालीको विकासका लागि नयाँ बन्ने सरकारले ऐतिहासिक धरोहरको संरक्षण तथा कर्णाली विकास लागि एकवर्ष एकछत्र बजेट छुट्याउन सरकारलाई आग्रह गरेका थिए । २१० राष्ट्रमा फैलिएको झण्डै १५ लाख लायन लिडरहरुलाई समग्र कर्णाली क्षेत्र विशेषगरी रारा तालको बारेमा अन्तर्राष्ट्रिय जगतसम्म सूचना प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तेस्रो क्याबिनेट मिटिङका लागि ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारीको नेतृत्वमा लायन लिडरहरू तथा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरू त्यसतर्फ प्रस्थान गरेका थिए ।

जनअनुसार, लायन लिडरहरु कमला गिरी, रिता ढकाल, पवित्रा घिमिरे, कुमार भण्डारी, कविन्द्र दुलाल, तिलक न्यौपाने, शिवराम भण्डारी, रामहरि खड्का, मोहन शाह, अम्बिका कुमारी शाह, उमेशकुमार महतो, देवकीकुमारी महतो, देवराम महतो, उपेन्द्र राय, कुन्तिक कुमारी, किरण अमात्य, बसन्त महर्जन, शुभन्द्रा दाहाल, बरुणप्रसाद गिरी, गायत्री गिरी, सानु गिरी, पार्वती गिरी, भुवनेश्वरी राउत न्यौपाने, ज्योति तुलाधर, रिना तुलाधर, राजेश हिमालय, सुशीला श्रेष्ठ, मधुकर श्रेष्ठ, रजनी श्रेष्ठ, आकाश श्रेष्ठ, विष्णुप्रसाद ढुंगाना, सविता पराजुली, एकेन्द्रराज चालिसे, प्रदीपचन्द्र पोखरेल, रवि शर्मा अर्याल, रिता अर्याल, महेश्वरी अधिकारी, सञ्जयमान सिंह कटुवाल शान्ति दवाडी, सुदिन दवाडी, जगदिश कुँवर र मिलन कार्की लगायत रहेका थिए । उक्त कार्यक्रममा गभर्नर लायन केशरबहादुर भण्डारीले प्रमुख अतिथि लगायत अतिथिहरूलाइ लायन्सकाे लाेगाे लगाएर सम्मान गरेका थिए ।
दोस्रो विश्वयुद्ध पश्चात् युद्धमा अङ्गभङ्ग भएका मानिसहरूको उद्धारका लागि मानवीय सेवा गर्ने उद्देश्यले अमेरिकी नागरिक मेलभिन जोन्सले खडा गरेको सामाजिक संस्थामा हाल २१० राष्ट्रमा विस्तार हुँदै गर्दा करिब १५ लाख सदस्य रहेको बताइन्छ । नेपालमा मात्र ४६ हजारभन्दा बढी लायन सदस्य रहेका हुँदा २२ सय लायन्स क्लबहरू तथा लियो क्लबहरू स्थापना भएका छन् ।

नेपालमा १५ वटा डिस्ट्रिक्ट र एक मल्टिपल ३२५ रहेकोले विभिन्न मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । त्यसमध्ये लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफमा रहेका विभिन्न क्लबहरूले लायन्स क्लब अफ इन्टरनेसनलले दिएका विभिन्न ५ वटा मानवीय सामाजिक कार्य समयमै पूरा गरेको छ ।
जसअनुसार तेस्रो क्याविनेट बैठक पनि समयमै मुगुको रारामा सम्पन्न गर्दै मुगुदेखि काठमाडौंसम्मका बीचका विभिन्न जिल्लाहरुमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण तथा अवलोकन गरेको छ । जसअनुसार सुर्खेतको देउती माता, तथा पर्यटकीय क्षेत्र त्यसैगरी जुम्लाको चन्दननाथ मन्दिर त्यसैगरी प्युठानको स्वर्गद्वारी प्रसिद्ध मन्दिरहरुको दर्शन तथा अवलोकन गरेर ५४ जनाको टोली सकुशल काठमाडौं फर्किएको छ ।
उक्त कार्यक्रमको डिस्ट्रिक्ट सेक्रेटरी इन्द्र कार्कीले सञ्चालन गरेका थिए ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...