
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
‘आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्यो प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ’, महामन्त्री पौडेलले भने । आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ ।
महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराए ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...