
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्। श्रेष्ठले शुक्रबार नै बोर्ड बैठकमा राजीनामा घोषणा गरेका थिए।
राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ।
श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। विवादका बीच श्रेष्ठले १७ महिनासम्म धितोपत्र बोर्डको नेतृत्व सम्हालेका थिए।
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...
सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...