तराई क्षेत्रमा तातो लहरको सम्भावना – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

तराई क्षेत्रमा तातो लहरको सम्भावना


काठमाडौं : हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।

साथै, मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८३ बैशाख ८, ०७: ३१

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८३ बैशाख ८, ०७: ३१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८३ बैशाख ८, ०७: ३१

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...