परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विविध आयाममा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, विशेषगरी व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा आर्थिक सम्बन्धलाई फराकिलो बनाउने विषयमा विशेष जोड दिइएको थियो । साथै, आर्थिक साझेदारीका नयाँ अवसरहरू पहिचान गर्दै दुवै पक्षले भविष्यमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दीर्घकालीन कूटनीतिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्दै अघि बढाउने विषयमा यस्ता संवादलाई निरन्तरता दिने समझदारी पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा कपुरले राजनीतिक तथा निजी क्षेत्रसँग सक्रिय भेटघाटलाई निरन्तरता दिएका छन् ।

उनले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्दै नयाँ सरकारका प्राथमिकता र नेपाल–अमेरिका सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गरेका थिए । उक्त भेटपछि कपुरले नेपालसँग सहकार्य विस्तार गर्ने अवसरबारे सकारात्मक धारणा व्यक्त गरेका थिए ।

यस्तै, उनले अमेरिकी उद्योगीहरूसँगको छलफलमा नेपालको सूचना प्रविधि (आइसिटी) क्षेत्रमा लगानी र व्यापार विस्तारका सम्भावनाबारे पनि कुराकानी गरेका छन् । डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, साइबर सुरक्षा तथा प्रविधिगत दक्षता आदानप्रदानजस्ता विषयमा विशेष ध्यान केन्द्रित गरिएको जनाइएको छ ।

भ्रमणका क्रममा कपुरले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८३ बैशाख ८, १२: २१

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८३ बैशाख ८, १२: २१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८३ बैशाख ८, १२: २१

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...