
नयाँ विकल्प,
काठमाडौ– नेकपा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा कहिले जान्छु र कहिले जान्न भन्नुकाे नयाँ रहस्य खुलेको छ। बिशेष गरी अर्का अध्यक्ष प्रचण्डले गौतमलाई प्रधानमन्त्री ओलीलाई ब्यलेन्स गर्न राष्ट्रियसभामा पठाएर सरकारमा सामेल गर्ने योजना रहेकाे रहस्य खुलेको छ।
उनले आफुनिकट नेताहरुसँग समेत ओलीलाई ब्यालेन्स गर्न गौतमलाई राष्ट्रियसभामा पठाएर सरकारमा सामेल गर्ने आफ्नो योजना रहेकाे बताएका छन् । ओलीसंग असन्तुष्ट रहेका अरु नेताहरु पनि यो बिषयमा एक ठाउँ छन् ।
बिशेष गरी पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, नारायाणकाजी श्रेष्ठ लगायतका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लानु पर्ने अडान यही कारण लिएको स्रोतले दावी गर्यो। शुत्रक्रबार बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा मिलिसकेकाले अब मन्त्रिपरिषद पुनर्गठन हुने चर्चा सुरु भएको छ ।
मन्त्रिपरिषद पुनर्गनठनको चर्चासँगै मन्त्रीका लागि नेकपाका सांसदहरुको दौडधूप सुरु भइसकेको छ । पार्टीका उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको सांसद बनाएर जसरी पनि सरकारमा छिराउने डिजाइन कार्यकारी अध्यक्ष प्रचण्डको छ ।
गौतमलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय दिनुपर्छ भनेर उचाल्ने क्रम सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीले उनलाई अर्थ नदिने कुरा सबैलाई थाहा छ । अर्थ नभए गृह मन्त्रालयमा दाबी गर्ने तयारी छ ।
गौतमलाई सरकारमा लान प्रचण्ड किन चाहन्छन् त ?
गाैतमलाई सरकारमा लाँदा प्रचण्डलाई दुईवटा फाइदा छन् । एउटा वामदेवलाई गुन लगाई आफ्नो पक्षमा पार्ने, अर्को रामबहादुर थापा ‘बादल’ लाइ साइड लगाउन पाइने । निकै लामो समयदेखि बादलको प्रधानमन्त्री ओलीसँग बढेको हिमचिम प्रचण्डलाई मनपरेको छैन।
गौतमलाई गृहमा लैजान पाएमा अर्थमन्त्रालयमा आफ्ना निकट बर्षमान पुन वा जनार्दन शर्मालाई लाने दाउमा प्रचण्ड छन् । त्यही डिजाइन अन्तर्गत जनार्दन शर्माले वामदेव गौतम अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री हुने रहस्य खोलेका छन् ।
प्रचण्डसहितको एक तप्का गौतमलाई जसरी पनि सरकारमा पठाउने दाउमा छ । तर प्रधानमन्त्री ओली समूहका नेताहरु भने गौतमलाई राष्ट्रियसभामा लाने र श्रीमती तुलसा थापालाई मन्त्रीको प्रस्ताव गरिरहेको स्रोत बताउँछ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...