कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक र कार्यान्वयन गर्न गगन थापाको माग – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक र कार्यान्वयन गर्न गगन थापाको माग

काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने उल्लेख गरे ।

घटनाको सत्य अन्वेषण र न्याय निरुपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने थापाको भनाइ छ ।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
  • २०८२ चैत्र ११, ०७: ५७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...

राखेपद्वारा एन्फा निलम्बित
राखेपद्वारा एन्फा निलम्बित
  • २०८२ चैत्र ११, ०७: ५७

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०८२ चैत्र ११, ०७: ५७

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...