बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय

काठमाडौँ ।आज देशले नयाँ प्रधानमन्त्री पाउँदै छ ।रास्वपाका वरिष्ठ नेता बालेन शाह(बालेन्द्र)ले शपथ लिएसँगै देशले नयाँ प्रधानमन्त्री पाउँने भएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ ।शपथ ग्रहणका अवसरमा सात जना ब्राह्मणले शंखनाद गर्नेछन्। १०८ बटुकहरूले स्वस्तिवाचन गर्नेछन्। त्यस्तै १६ भिक्षुहरूले अष्टमंगल पाठ गर्नेछन्।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ
  • २०८२ चैत्र १३, ०७: १०

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त...

राष्ट्रिय आर्थिक गणना सुरु
राष्ट्रिय आर्थिक गणना सुरु
  • २०८२ चैत्र १३, ०७: १०

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्यांक संकलन कार्य सुरु...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
  • २०८२ चैत्र १३, ०७: १०

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले...