
काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान भक्तपुरको गुण्डुबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउसँगै उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाइएको छ ।ओलीलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।अहिले गुण्डु क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सो क्षेत्रमा केहि संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ ।
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान पक्राउ गरेको हो । उनलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका गृहमन्त्री रहेका लेखकले सोहि दिन राति राजीनामा दिएका दिएका थिए ।शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आयोगको सिफारिस कार्यन्वयन गर्ने विषयमा छलफल गरेका थिए ।

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...