सेवामा विभेद नगर्न माताहात निकायलाई निर्देशन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सेवामा विभेद नगर्न माताहात निकायलाई निर्देशन

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ ।आइतबार विज्ञप्ति जारी गरी मातहतका निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई थप संवेदनशील, सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी शुल्क असुली, बिचौलियाको संलग्नता तथा सम्पूर्ण सेवाग्राही र विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यहरूलाई कडाइका साथ निषेध गरिएको जनाएको छ ।

“मानव अधिकार, समानता र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको गरिमा, सुरक्षा र सम्मान सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यस सन्दर्भमा कुनै पनि नागरिकले दुर्व्यवहार, उपेक्षा, हिंसा वा अन्याय भोग्न नपरोस् भन्ने हाम्रो दृढ प्रतिबद्धता छ । यदि यस्ता कुनै अनुचित गतिविधि वा व्यवहार भएको पाइएमा सम्बन्धित निकायमा लिखित वा मौखिक उजुरी दिनुहुन अनुरोध गरिन्छ । प्राप्त गुनासालाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायमार्फत आवश्यक छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’मन्त्रालयले भनेको छ ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०८२ चैत्र २३, ०७: ४१

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०८२ चैत्र २३, ०७: ४१

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०८२ चैत्र २३, ०७: ४१

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...