
काठमाडौँ।मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद मंगलबारको बैठकले यो निर्णय गरेको हो।
मन्त्रिपरिषद निर्णय अनुसार सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत छुट दिने छ। यसले आयल निगममाथिको राजस्व भार कम पर्नेछ।निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २५ रूपैयाँ भन्सार शुल्क छ। यो छुटसँगै अब साढे १२ रूपैयाँ पर्नेछ।
त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रूपैयाँ भन्सार शुल्क लाग्छ, जुन अब ६ रूपैयाँमा झर्नेछ।भन्सार शुल्क सँगसँगै पूर्वधार करमा समेत ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदको निर्णय छ। अहिले पूर्वाधार कर प्रतिलिटर १० रूपैयाँ रहेकोमा यसलाई घटाएर ५ रूपैयाँ कायम गरिएको छ।
निगमका अनुसार अहिले डिजेलमा प्रतिलिटर १२० रूपैयाँ र पेट्रोलमा ३४ रूपैयाँ घाटा छ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...