नेउवा महासंघमा चुनावी सरगर्मी :सुष्मा महराको उम्मेदवारीमा महिला उद्यमीको भरोसा – Naya Bikalpa
April 8, 2026, Wednesday      Epaper

नेउवा महासंघमा चुनावी सरगर्मी :सुष्मा महराको उम्मेदवारीमा महिला उद्यमीको भरोसा

काठमाडौँ। नेपालको निजी क्षेत्रको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको सरगर्मीै बढिरहेको छ ।निर्वाचनका उम्मेदवारहरुको उत्साह चुलिँदै गर्दा ‘महिला कोटा’ उम्मेदवारहरु भने निकै नै कम प्रतिष्पर्धामा उत्रिएको छन् ।

आगामी चैत ३० गते हुने महासंघको निर्वाचनमा कार्यकारिणी महिला खुल्ला सदस्य पदमा सुष्मा महराले आफुलाई प्रस्तुत गरेकी छिन् । लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील र निष्कलंक छवि बनाएकी महराको उम्मेदवारीलाई महासंघभित्र पारदर्शिता र उत्तरदायित्व बहन गर्न सक्ने महिलाका रुपमा लिइएको छ ।

विशेषगरी साना तथा मझौला व्यवसायी र महिला उद्यमीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी महराले “व्यवसायमैत्री वातावरण र समावेशी नेतृत्व“ को नारालाई अघि सारेकी छन् । महराले नेपालको अर्थतन्त्रको वास्तविक मेरुदण्ड साना तथा मझौला व्यवसायीहरू भए तापनि उनीहरू राज्य र नेतृत्वको प्राथमिकतामा पर्न नसकेकाले आफ्नो एजेण्डा त्यसलाई नै बनाएकी छिन् ।

धेरैजसो व्यवसायीहरू वित्तीय पहुँचको अभाव, बजार विस्तारमा कठिनाइ र झन्झटिलो नीति–नियमका कारण मर्कामा रहेकाले यस्ता भुइँ तहका व्यवसायीहरूको आवाजलाई महासंघको केन्द्रीय नीति निर्माण तहसम्म पु¥याउनु र उनीहरूका समस्याको व्यावहारिक समाधान खोज्नु महाराको मुख्य एजेन्डा रहेको छ ।

उनले साना व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋण, प्रविधिमा पहुँच र झन्झटमुक्त कर प्रणालीका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । महरा केवल एक व्यवसायी मात्र नभई महिला उद्यमशीलताको बलियो खम्बाका रूपमा चिनिन्छिन् । उनले महिलाहरूको हिम्मत, आत्मविश्वास र निरन्तर मेहनतले असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिने कुरामा जोड दिँदै आएकी छन् ।

“महिलाको आत्मबल र निरन्तर प्रयासले केवल व्यक्तिगत सफलतामात्र होइन, समग्र राष्ट्रको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने ।“ उनको भनाई छ । उनले महिलाहरूलाई ’कोटा’ मा मात्र सीमित नराखी ’गुणस्तर’ र ’क्षमता’ का आधारमा नेतृत्वदायी भूमिकामा ल्याउनुपर्ने धारणा राखेकी छिन् । नयाँ आउने महिला उद्यमीहरूका लागि ’मेन्टरसिप’ र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने उनको योजना छ । सुष्मा महराले आफ्नो कार्ययोजना समेत सार्वजनिक गरेकी छन् । उनले अघि सारेका कार्ययोजना र प्राथमकितामा नीतिगत सुधारः साना र मझौला उद्योगलाई संरक्षण गर्ने गरी केन्द्रिय स्तरमा नीति निर्माणका लागि प्रभावकारी पैरवी गर्ने गरेको छ ।

त्यस्तै तालिम र क्षमता अभिवृद्धिः व्यवसायीहरूको दक्षता बढाउन आधुनिक प्रविधि, डिजिटल मार्केटिङ र व्यवस्थापन सम्बन्धी नियमित तालिम तथा अभिमुखीकरण कार्यक्रम पनि प्राथमिकतामा परेको छ ।युवा र स्टार्टअपलाई प्रोत्साहनः नयाँ पुस्ताका उद्यमीहरूलाई प्रोत्साहित गर्न स्टार्टअप फन्डिङ र नेटवर्किङका अवसरहरू सिर्जना गर्ने । सम्बन्ध सेतुको भूमिकाः व्यवसायी र सरकारबीचको खाडल कम गर्न र व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म पु¥याई दीर्घकालीन समाधान खोज्न ’ब्रिज’ को काम गर्ने योजना रहेको छ । महरालाई नजिकबाट चिन्ने व्यवसायीहरू उनलाई एक ’रिजल्ट ओरिएन्टेड’ (परिणाममुखी) नेतृत्वका रूपमा व्याख्या गर्छन् । उनी आफ्नो कुरा स्पष्टसँग राख्ने र अरूको समस्यालाई सहानुभूतिपूर्वक सुन्ने स्वभावकी छिन् । संस्थागत सुदृढीकरण र महासंघलाई अझ बढी उत्तरदायी बनाउन उनको उपस्थिति अपरिहार्य रहेको धेरैको बुझाइ छ ।

आफू उम्मेदवार भएसँगै महराले सम्पूर्ण व्यवसायी तथा मतदाताहरूसमक्ष हार्दिक अपिल गर्दै भनिन्, “म भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ । तपाईंहरूको एउटा अमूल्य मतले साना तथा मझौला व्यवसायीहरूको आवाजलाई महासंघको नेतृत्व तहमा बलियो बनाउनेछ । मलाई विश्वास छ, हामी मिलेर महासंघलाई एउटा नयाँ उचाइमा पु¥याउनेछौं ।” सुष्मा महराको यो सशक्त उम्मेदवारीले महासंघको आगामी निर्वाचनमा नयाँ तरंग पैदा गरेको छ । उनी जस्तो भिजनरी र समर्पित महिला नेतृत्वले निजी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
  • २०८२ चैत्र २५, १२: ३८

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई निर्बाध सिंहदरबार प्रवेश हुनुपर्ने बताउँदै प्रधानमन्त्री बालेन शाहको सचिवालयमार्फत ध्यानाकर्षण गराएका छन् ।नेम्बाङले...

बढ्यो सार्वजनिक यातायातमा भाडा
बढ्यो सार्वजनिक यातायातमा भाडा
  • २०८२ चैत्र २५, १२: ३८

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ ।यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै...

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीको भाडा
सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीको भाडा
  • २०८२ चैत्र २५, १२: ३८

काठमाडौँ : सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र...