कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई निर्बाध सिंहदरबार प्रवेश हुनुपर्ने बताउँदै प्रधानमन्त्री बालेन शाहको सचिवालयमार्फत ध्यानाकर्षण गराएका छन् ।नेम्बाङले बुधबार (चैत २५) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
प्रवेशमा कडाइ गर्दा कानुन व्यवसायीका काममा असहजता आउने भन्दै यो व्यवस्था हटाउन ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, नेम्बाङले कानुन व्यवसायीका हकमा नागरिक एपबाट प्रवेश पास लिएर मात्र सिंहदरबार प्रवेश गर्नुपर्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित समाचार

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०८२ चैत्र २५, १७: ११

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०८२ चैत्र २५, १७: ११

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...

कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
कि प्रधानमन्त्रीलाई संसद्‍मा बोलाउनुपर्‍यो, नभए मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ
  • २०८२ चैत्र २५, १७: ११

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...