
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (चैत २६) आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् । नवौँ इन्डियन ओसियन कन्फ्रेन्स मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदै छ । यही कन्फ्रेन्समा भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन् ।नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ । उक्त कन्फ्रेन्समा परराष्ट्रमन्त्री खनाल सहभागिताका लागि त्यसतर्फ जान लागेका हुन् ।
भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।कन्फ्रेन्समा समुद्री सुरक्षा, आर्थिक विकास र दिगोपनको बारेमा छलफल हुनेछ ।
नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...