७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा – Naya Bikalpa
April 10, 2026, Friday      Epaper

७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा

काठमाडौँ। भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यस मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको अख्तियारको आरोप छ।भेपमार्फत भएको सुन तस्करीमा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेललाई पनि प्रतिवादी बनाएको छ।

यसैगरी, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरूद्ध मुद्दा दायर भएको हो।

तत्कालीन प्रमुख समेतले पदीय जिम्मेवारी पूरा नगरी सम्पत्ति हानिनोक्सानी हुने काम गरेको अख्तियारको जिकिर छ।‘भेप जस्तो देखिने वस्तुमा पहेँलो धातु सुन लुकाएर ल्याएको भन्ने थाहा भएको कारण एक्सरे मेसिनले जाँचको क्रममा स्पष्ट अर्गानिक र इनअर्गानिक मटेरियल छुट्याउन सक्ने, सुनचाँदी लगायतका धातु तथा सोबाट तयार भएका गहना लगायतका सामग्री बाक्लो अवस्थाको आधारमा नीलो, गाढा नीलो र कालो रङ देखाउने र त्यस्तो देखिएमा भौतिक रूपमा खोली हेरी चेकजाँच गर्नुपर्ने तथा भन्सार ऐन विपरीत हुने उक्त सामग्री चेकजाँच नै नगरी नगराई पछि अनुकूल समयमा सट्टापट्टा तथा परिवर्तन गरी लिई जाने गरी हाल सुरक्षित राख्ने जफत गर्ने निर्णय गरे गराएको देखिएको,’ अख्तियारको दावी छ ।

महरासँगै उनका छोरा राहुल, निर्मल कुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, बेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरूङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दाओजिङ वाङ, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगविरूद्ध मुद्दा दायर भएको हो।डेक्स्टर ट्राभल्स एन्ड टुर प्रालिविरूद्ध पनि मुद्दा दायर भएको हो।

यस अघि गत असोज २७ मा महराविरूद्ध जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८२ चैत्र २७, ०७: ४७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ता मौरिससको पोर्ट लुइसमा शुक्रबार भएको...

यी हुन् प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
यी हुन् प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
  • २०८२ चैत्र २७, ०७: ४७

काठमाडौं : प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन...

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
  • २०८२ चैत्र २७, ०७: ४७

काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित...