आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइन्छ ।मानवले पृथ्वीको सीमाभन्दा बाहिर पुगेर ब्रह्माण्डलाई बुझ्ने प्रयास सुरु गरेको ऐतिहासिक क्षणको सम्झनास्वरूप हरेक वर्ष अप्रिल १२ तारिखमा यो दिवसका रूपमा मनाउने गरिएको हो ।

आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो ।

आजको दिनले मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ । आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ । युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यसबेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो ।

यसै सन्दर्भमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसले मानव जातिको साझा उपलब्धि, वैज्ञानिक प्रगति र सहकार्यको महत्वलाई पुनः स्मरण गराउँदै भविष्यतर्फ अझ जिम्मेवार र दिगो दृष्टिकोण अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषणलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्ति मानेर यसको लाभ सबै देशमा पुर्‍याउनुपर्नेमा जोड दिएको छ ।

सम्बन्धित समाचार

भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
  • २०८२ चैत्र २९, ०९: १५

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • २०८२ चैत्र २९, ०९: १५

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८२ चैत्र २९, ०९: १५

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...