प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख – Naya Bikalpa
April 12, 2026, Sunday      Epaper

प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

काठमाडौंको गैरीगाउँमा स्थायी ठेगाना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ। सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहसँग १९० तोला पैतृक गरगहना रहेको छ। बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। त्यस्तै काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।

भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
  • २०८२ चैत्र २९, २०: ११

काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित...

गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर
गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर
  • २०८२ चैत्र २९, २०: ११

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुरुङसँग...

प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण सार्वजनिक,  श्रीमतीका नाममा १९० तोला गरगहना
प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीका नाममा १९० तोला गरगहना
  • २०८२ चैत्र २९, २०: ११

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको...