राष्ट्रिय आर्थिक गणना सुरु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

राष्ट्रिय आर्थिक गणना सुरु

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्यांक संकलन कार्य सुरु गरेको छ ।

आर्थिक क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन र रोजगारी विश्लेषणका लागि महत्वपूर्ण आधार र तथ्यांक प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले आज एक कार्यक्रमका बीच गणनाको शुभारम्भ गर्दै यसले मुलुकको समग्र आर्थिक निर्णयका लागि ‘मेरुदण्ड’ को रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

डा. पोख्रेलका अनुसार चैत १ गतेदेखि नै ७७ वटै जिल्लामा आर्थिक गणना कार्यालयहरू स्थापना भइसकेका छन् । काठमाडौं, मोरङ र रूपन्देही (भैरहवा) जस्ता ठुला जिल्लाहरूमा एकभन्दा बढी कार्यालय गरी देशभर जम्मा ८४ वटा जिल्ला स्तरका गणना कार्यालयहरू सञ्चालनमा छन् ।

यस गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, सार्वजनिक तथा निजी सबै प्रकारका आर्थिक एकाइहरूलाई समेट्नेछ । विशेष गरी संस्थाहरूको सङ्ख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाह जस्ता विषयहरूमा विस्तृत विवरण संकलन गरिनेछ ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८३ बैशाख २, १२: २९

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८३ बैशाख २, १२: २९

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

सुनचाँदीको मुल्य बढ्यो
सुनचाँदीको मुल्य बढ्यो
  • २०८३ बैशाख २, १२: २९

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३...