नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा चैत २० गते सम्पन्न बैठकमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

निर्णय अनुसार, परीक्षाफल प्रकाशन प्रक्रियालाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत एकीकृत नतिजा पोर्टल विकास गरिनेछ। यसबाट नतिजा व्यवस्थापनमा पारदर्शिता र समयसीमा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई कार्यान्वयनयोग्य र प्रभावकारी बनाउन पुनरावलोकन गरिने भएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगका सचिवको नेतृत्वमा समिति गठन गरिनेछ, जसले १५ दिनभित्र संशोधित क्यालेन्डर पेश गर्नेछ ।

सेवाग्राहीका गुनासा, सुझाव तथा सेवा मागलाई द्रुत र परिणाममुखी ढंगले सम्बोधन गर्न विश्वविद्यालयहरूले बहु–च्यानल गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने निर्णय गरेका छन् । यस प्रणालीअन्तर्गत फोन, मोबाइल एप, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमार्फत २४ घण्टा गुनासो दर्ता गर्न सकिनेछ ।

यसैगरी, विद्यार्थीका शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउनेतर्फ पनि पहल गरिने भएको छ। विश्वविद्यालयहरूले आवश्यक एप तथा पोर्टल तयार गरी नागरिक एपसँग एकीकृत गर्ने र प्रमाणपत्र इमेल वा मोबाइलमार्फत डाउनलोड गर्न सकिने व्यवस्था १५ दिनभित्र मिलाउने सहमति गरिएको छ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०८३ बैशाख ६, २१: ०३

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०८३ बैशाख ६, २१: ०३

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०८३ बैशाख ६, २१: ०३

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...