‘जाँच फेल’ खतिवडा, सरकारकाे अघिल्लो बेन्चमा, बामदेव गाैतम ढोका बाहिरै – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

‘जाँच फेल’ खतिवडा, सरकारकाे अघिल्लो बेन्चमा, बामदेव गाैतम ढोका बाहिरै

नयाँ विकल्प ,

काठमाडौं, – छ महिनाअघि नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने औपचारिक निर्णय गर्यो। अर्थात त्यो दिन थियो, २०७६ साल फागुन १४। तर, त्यसले मन्त्रिपरिषदमा औपचारिक निर्णय पाएन।

यसकारण त्यो छ महिनासम्म थन्कियो। भदौ १९ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे – बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सिफारिस सरकारले गर्ने छ।

मन्त्रिपरिषद्को साेमबारकाे बैठकले गाैतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफरिस गर्ने निर्णय गरेको समाचार बाहिर आयो । तर, यस बिषयमा औपचारिक जानकारी आएन। मंगलबार, मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयबारे सरकारका प्रवक्ताले केही उच्चारणै गरेनन् ।

उनले भने ‘त्यसमा अन्यथा कुनै निर्णय छैन, केही प्राविधिक समस्याले हो, एक–दुई दिनमा सिफारिस भइहाल्छ ।’ प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद् बाहिरका आफ्ना निकटस्थसँग गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने निर्णय भएको ब्रिफिङ गरेका थिए ।

तर प्रधानमन्त्री कार्यालयबाट गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्नेसम्बन्धी प्रस्ताव बुधबार बिहानसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । गौतमलाई सिफारिस गरिएको खबर प्रधानमन्त्री कार्यालयबाट औपचारिक रूपमा पाइनसकेको उनीनिकट स्रोतले बतायो ।

लामो समयसम्म पार्टीले निर्णय गरेपनि ओपचारिक रुपमा कार्यन्वयन नहुँदा गौतम तनावमा परेको बताइएको छ। प्रधानमन्त्री ओलीलाई आफ्नौ हातले गौतमको नाम लेखेर पठाउन कठिन भएको स्रोतले बतायो।

राष्ट्रियसभामा नेकपालाई एकजना सांसद थपिनु र घट्नुमा कुनै तात्विक फरक छैन। तर १९ भदौमा राष्ट्रियसभा सदस्यको म्याद सकिएर अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडाले भने प्रधानमन्त्रीको प्रमुख अर्थिक सल्लहाकारमा नियुक्ति पाईसकेका छन् ।

अब हुने अर्थमन्त्रीलाई खतिवडाले चलाउने निश्चित छ। छ महिनाअघि राष्ट्रियसभाको सदस्य बनाउने निर्णय भएका बामदेब गौतम परीक्षाामा फेल भएको बिद्यार्थी जस्तो कतिखेर ढोका खुल्ला भनेर कुरेर बसेका छन् ।

तर १९ गते सांसद हुनबाट बन्चित भएका अर्थात फेल भएका खतिवडा अहिले सरकारको अघिल्लो बेन्चमा पुगेका छन् । त्यो बेन्च हो, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०७७ भाद्र ३१, ११: ४१

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०७७ भाद्र ३१, ११: ४१

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०७७ भाद्र ३१, ११: ४१

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...