उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान जारी, तीन क्षेत्रमा ७८१ घर हटाइए – Naya Bikalpa
April 27, 2026, Monday      Epaper

उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान जारी, तीन क्षेत्रमा ७८१ घर हटाइए

काठमाडौं : काठमाडौं उपत्यकाभित्र सार्वजनिक जग्गा तथा नदी किनार क्षेत्रमा बनेका अतिक्रमित बस्ती हटाउने अभियान निरन्तर अघि बढाइएको छ ।  काठमाडौं महानगर प्रहरी बलका अनुसार हालसम्म तीन वटा क्षेत्रमा कुल ७ सय ८१ घरटहरा हटाइएको छ ।

महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार वडा नं. ११ अन्तर्गत थापाथलीस्थित वाग्मती नदी किनार क्षेत्रमा १ सय ४३, वडा नं. ९ को गैरीगाउँ–सिनामंगल क्षेत्रमा १ सय ६२ तथा वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा ४ सय ७६ संरचना हटाइएको हो ।

सरकारी निर्देशन अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभर प्रभावित परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण तथा सरसामान व्यवस्थापनमा सहयोग गरेको थियो । त्यसपछि मात्र आवश्यक उपकरण प्रयोग गरी संरचना हटाउने कार्य अघि बढाइएको जनाइएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको विवरणअनुसार अब थप ९० वटा घरटहरा हटाउन बाँकी रहेका छन् । जसअन्तर्गत गोठाटार क्षेत्रमा ७७ र मनोहरा टोलमा १३ वटा संरचना हटाउनुपर्ने सूचीमा छन् ।

सरकारले सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार क्षेत्र व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिरहेको जनाएको छ । दीर्घकालीन सहरी व्यवस्थापनको लक्ष्यसहित यस्तो कदम चालिएको बताइएको छ ।

उता, बस्ती हटाइएका परिवारको पुनर्स्थापना, वैकल्पिक बसोबास तथा सामाजिक व्यवस्थापनका विषयमा विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ । सरोकारवाला निकायहरूले प्रभावित नागरिकका लागि योजनाबद्ध पुनर्वास व्यवस्था आवश्यक रहेको औँल्याएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
  • २०८३ बैशाख १३, १९: ०९

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा...

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
  • २०८३ बैशाख १३, १९: ०९

काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक...

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
  • २०८३ बैशाख १३, १९: ०९

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर...