कांग्रेस महामन्त्री डा. कोइरालाको आइसीयुमा राखेर उपचार – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेस महामन्त्री डा. कोइरालाको आइसीयुमा राखेर उपचार


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा खरावी देखिएपछि आईसीयुमा राखेर उपचार हुन थालेको छ ।

गत भदौ २३ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बस्दै आएका महामन्त्री कोइरालालाई बुधबार बिहान एक्कासी ज्वरो बढेपछि ओम अस्पतालमा भर्ना गरीएको उनका स्वकीय सचिव भरत तिवारीले बताए ।

महाराजगञ्जस्थित निजी निवासमा आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो बढेपछि होम अस्पतालमा लगरेर आइसियुमा अब्जर्भेसनमा राखेर उपचार भइरहेको र हाल स्वास्थ्यमा सुधार भएको तिवारीले बताए ।

२०७४ सालमा कोइरालाले पिएको तरल पदार्थ सर्किएर फोक्सोको निमोनिया भएपछि ओमअस्पतालमै आइसीयुमा राखेर उपचार गरिएको थियो । त्यपछि स्वास्थ्यमा पुरापुर सुधार भएपछि कोइरालाको देशदौडाहा शुरु भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ३१, १२: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र ३१, १२: २७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ३१, १२: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...